मैत्रीपूर्ण खेलमा रियल म्याड्रिड पराजित



२७ साउन २०७६, काठमाडौं

गएराती सम्पन्न मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई इटालियन क्लब एएस रोमाले पेनाल्टी सुटआउटमा पराजित गरेकोे छ ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिम २–२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउट तर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा रियलका मार्सेलोले पेनाल्टी मिस गरेपछि रोमा ५–४ ले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्