
२६ साउन २०७६, काठमाडौँ
काठमाडौंको गोकर्णेश्वरमा श्रीमतीले चक्कु प्रहार गरि श्रीमानको हत्या गरेकी छन् । २५ वर्षीया श्रीमती शिला घलेले २४ बर्षका श्रीमान जालमान स्याङ्तानलाई तरकारी काट्ने चक्कु प्रहार गर्दा मृत्यु भएको हो ।
चक्कु प्रहार गर्दा छाती र ढाडमा चोट लागेको र स्याङ्तान गम्भीर अवस्थामा रहेकाले नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले त्यस लगत्तै घटना स्थलबाट सिला घलेलाइ पक्राउ गरेको हो । घटनाको स्थिति हेर्दा घरयासी विवादको कारण हत्या भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।





