सांसदको पादले संसद बैठक स्थगित



२६ साउन २०७६, काठमाडौँ

विश्वका धेरै देशहरुमा सुनिएको घटना हो, पक्ष र विपक्ष सांसदहरुको नाराबाजीका कारण संसद अवरुद्ध भएको। तर, केन्याको व्यवस्थापिका संसदमा केही फरक घटना भयो, जसले सबैलाई चकित तुल्यायो ।

बुधबार होमा बे काउन्टी सम्मेलनका एक सदस्यले पाद(फोहोर ग्यास) छोडेपछि संसद बैठक स्थागित भएको थियो।

सत्तापक्ष र विपक्षी सांसदको बीचमा छलफल चलिरहेको बेलामा भिडमा एक सांसदले पादेपछि सबै सदस्यहरूले नाक थुने। त्यसपछि पनि त्यहाँ बस्न नसकेपछि १० मिनेटका लागि संसद अवरुद्ध भएको थियो।

जुलियस गाइया नामका सांसदले सभामुखलाई भने, ‘हामी मध्ये केवल एकले सदनको हावा प्रदूषित गरेका छौं।’

सभामुख एडविन काकाचले १० मिनेटको लागि सभा स्थगित गरे, जुन समयमा सबै सदस्यहरू बाहिर गएका थिए।

सोही समयमा सभामुखले त्यहाँ उपस्थित कर्मचारीलाई घरभित्र कोठा फ्रेसनर छर्काउन लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्