
२६ साउन २०७६, काठमाडौं
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका थिए ओलीको स्वदेश फर्कने कार्यतालिका सरेर सोमबार आउने भएका छन् ।
प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएका सुरुमा शुक्रबार नेपाल फर्कने बताइएको थियो । त्यसपछि आइतबार फर्कने भनेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन ढिला भएकाले कार्यतालिका लम्बिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएका छन् ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट स्वदेश फर्कने कार्यक्रम रहेका छन् ।
प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।





