आरक्षण बचाऔं अभियानका १४ अभियानकर्ता पक्राउ



२६ साउन २०७६, काठमाडौं

आरक्षण बचाऔं अभियानका १४ जना अभियानकर्ता पक्राउ परेका छन्।

सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको पूर्वघोषित कार्यक्रम तय गरेको थियो।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्