
२६ साउन २०७६, काठमाडौं
मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी मंसिरमा हुने उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ।
महासचिव किरणको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा प्रदेशसभाका र स्थानीय तहका रिक्त रहेका ५० पदपूर्तिका लागि हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो।
सत्ता तथा व्यवस्था बदनाम हुँदै गएकोले यो अवस्थामा निर्वाचनको उपयोग गरेरभन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने ठहर गर्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीको तर्क छ।
यस्तै बैठकले भारतको संविधानमा धारा ३७० र ३५ (क)को व्यवस्था खारेज गरिएकोमा बिरोध गरेको छ।





