
२७ साउन २०७६, काठमाडौं
सन् २०१८ की ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देल साझा पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन्।
पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको प्रवक्ता सूर्यराज आचार्यले बताए।
सिग्देल पिछडिएका महिलाहरुको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था‘हात्ती हात्ती’की संस्थापक अध्यक्ष हुन्।
फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी प्रियाले ‘युवा चेञ्ज मेकर’का रुपमा स्वीट्जरल्याण्ड, भारत र बंगलादेशमा प्रस्तुति दिइसकेकी छन् ।





