भक्तपुरमा एउटा बसले ३ वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते



२६ साउन २०७६, काठमाडौँ

मध्यपुरथिमि नगरपा–३ गठ्ठाघर आकाशे पुलमुनि आज बस दुर्घटना लिकाहुँदा १६ यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफै अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं को तीनवटा बसलाई ठक्कर दादिँ ठक्कर दिने सवारी साधनमा यात्रारत १६ यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पठाइएको र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्