पशुपति क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको शिशुको जन्मदिन आज, धुमधामले मनाइदिए नेपाल स्नेही काख र शिशिर भण्डारीले



२६ साउन २०७६, काठमाडौं

ललितपुरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र र रमणिय ठाउँ (नेपाल स्नेही काख) मनारोगी दिदी बहिनीहरु र उनीहरुबाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा शिशिर भण्डारीका टिम पनि आज त्यहाँ पुगेका छन् ।

एक बर्षअघि पशुपति क्षेत्रमा फोहोरको डङगुरको डस्टबिनमा फालिएको शिशु भेटिएका थिए । उनको आज जन्मदिन परेको छ उनको अवस्था अहिले निकै राम्रा भएको छ ।

शिशुको भविष्यको पालन पोषणका लागि शिशिर भण्डारीको टिमले पनि नेपाल स्नेही काख की आमा श्रीनेहा पोख्रेललाई सहयोग गर्दै आएका छन् । सोही अनुसार बार्षिक रु.२४ हजार उनको लागि छुट्याएका छन् ।

निर्दाेष भविष्यसंगै अन्य थुप्रै बाल बालिकाहरुको भविष्य स्नेही काख नेपालमा फुल्दैछ । यस्तै मामा भान्जा केक्स नेपालबाट ल्याईएको मिठो केक काट्दै उनीहरुले आज बाबु भविष्यको जन्मदिनको खुशी साटेका छन् ।

प्रतिक्रिया दिनुहोस्