
२६ साउन २०७६, काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको जति अन्वेषण गर्नसक्यो राष्ट्र त्यति नै समृद्ध बन्ने बताएका छन् ।
हिलिहाङ फाउन्डेसनद्वारा ललितपुरको खुमलटारमा आयोजित हर्कबहादुर योङ्हाङ, लिम्बूद्वारा लिखित ‘हिलिहाङ इन द हिस्टोरी अफ नेपाल’ पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको देश नेपालमा विशाल संस्कृति रहेको बताएका थिए ।
अध्यक्ष दाहालले भने, ‘इतिहासको जति राम्रो अन्वेषण हुन्छ, वर्तमानमा राष्ट्र त्यति नै समृद्ध बन्छ ।’ पुस्तकले वर्तमानमा केही सहयोग गर्ने र भविश्यको निम्ति आधार निर्माण गर्ने काम गरेको उल्लेख गर्दै उनले अन्वेषणात्मक पुस्तक प्रकाशन भएकामा प्रशंसा समेत गरेका थिए ।





