बेलबारी नगर कमिटीले पायो पूर्णता : अध्यक्षमा पर्शुराम चयन



२५ साउन २०७६, बेलबारी/पुष्कर शर्मा

नेपाल कम्युनिष्ट पार्टी नेकपाको बेलबारी नगर कमिटीले एकता प्रक्रिया टुङ्ग्याउँदै पूर्ण कमिटी गठन गर्दै सपथ ग्रहण सम्पन्न गरेको छ ।

नेकपा जिल्ला सचिव गणेश उप्रेती सुशीलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला इन्चार्ज घनेन्द्र बस्नेत प्रमुख अतिथि, केन्द्रिय सदस्य गुरु बराल, जिल्ला सहइन्चार्जहरु महेश रेग्मी, देउमान साम्फाहाम्फे, गोपी अछामी, जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेल, प्रदेश कमिटी सदस्य डिपि राई, सुशीला घिमिरे, गिता तिम्सिना प्रदेश सभा सदस्य राजकुमार ओझा, बेलबारी नगरपालिका उपप्रमुख ढाका कुमारी पराजुली तारा लगायत जिल्ला तहका नेताहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

पर्शुराम सुवेदी अध्यक्ष र रविन थापा सचिव रहेको ८७ सदस्यीय कमिटीले सपथ ग्रहण गरेको कार्यक्रममा नेताहरुले अब पार्टी काममा अन्यौल अन्त्य भएको र जनतामा जान सहज भएको बताएका थिए ।

बेलबारीका उल्लेख्य पार्टी सदस्य तथा अगुवा कार्यकर्ताको भेला रहेको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गुरु बरालले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनता र नगरको हित र विकासका लागि थमाइएको बन्दुक सहि निशानामा मात्रै पड्काउदै समग्र नगरको आर्थिक सामाजिक जनस्वास्थ्य लगायतको क्षेत्रमा कायापलट गर्न र पार्टी कमिटीले जनप्रतिनिधिको काममा सहयोग र खबरदारी गर्न निर्देशन दिएका थिए ।

उपस्थित अतिथिवक्ताहरुले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदैं जनताको काममा एकताबद्ध भएर लाग्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्