स्थानीय सहयोगमै बूनपा २ मा ‘कृष्ण झुला’ भब्य रुपमा सम्पन्न



२५ साउन २०७६, काठमाडौं

स्थानीयवासीको दान सहयोग तथा धार्मिक कार्यक्रम संचालन समितिको आयोजनामा बूढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित लिटिल मुन इङ्लिस एकेडेमीको प्राङ्गणमा कृष्ण भजन सहित संगीतमय ‘कृष्ण झुला’ कार्यक्रम सम्पन्न भएको छ ।

बूनपा २ का वडाध्यक्ष राजेन्द्र खड्काका अनुसार पहिलो पटक आयोजना गरिएको ‘कृष्ण झुला’ कार्यक्रम लोप हुँदै गएको धर्म संस्कृतिको पुर्नजागरणको लागि गरिएको हो ।

स्थानीय पण्डित सुर्दशन नेपालको संयोजकत्वमा गठित २५ सदस्यीय धार्मिक कार्यक्रम संचालन समितिले कार्यक्रम आयोजना गर्न दुध, तेल, चिनी, चना जस्ता जिन्सी र नगद सहयोग संकलन गरी संचालन गरेको बताए ।

कार्यक्रमको लागि आर्थिक सहयोग गर्नेमा नेकपा बूढानीलकण्ठका नेता ध्रुव भट्टराई–रु.१०,००५।–, अर्जुन रम्तेल–रु.१०,०००।–, वडाध्यक्ष राजेन्द्र खड्का–रु.५,०००।–, स्थानीय समाजसेवी विनोद लामिछाने–रु.५,०००।–, रामेश्वर खत्री–रु.५,०००।–, जर्मिन अधिकारी–रु.५,०००।– सहित संस्थागत सहयोगमा नवज्योति दीदीबहिनी महिला समूह–रु.५,४००।–, नवज्योती टोल सुधार समिति–रु.५,४०५।–, लालीगुराँस महिला समूह–रु.५,००५।–, कालिका महिला बिकास समूह–रु.५,००५।–, महादेव कोलोनी महिला समूह–रु.५,०००।– लगायत अन्य सयौं स्थानीयहरुले स्वेच्छिक सहयोग गरेका थिए ।

कार्यक्रमको लागि भद्रकाली डेरी, एचडी डेरी, मधुसुदन खड्काले ३०/३० लिटर दुध, स्थानीय ब्यापारी बालकृष्ण श्रेष्ठले ३० केजी चना र कुमार राना मगरले १ बोरा चिनी सहयोग गरेका थिए ।

धार्मिक कार्यक्रम संचालन समितिकी सदस्य निशा बरालका अनुसार कार्यक्रमको कुल खर्च एक लाख २० हजार र अनुमानित सहयोग एक लाख ५० हजार उठ्ने अपेक्षा गरेको बताईन् । जति उठेपनि संकलित रकम धार्मिक प्रयोजनका लागि खर्च हुने जानकारी दिईन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रदेश सभा सदस्य भिमसेन खत्री, नगरप्रमुख उद्धवप्रसाद खरेल, राष्ट्रपतिकी स्वकीय सचिव दिपा शर्मा, नेकपा बूढानीलकण्ठका अध्यक्ष रबिन अधिकारी लगायत स्थानीय जनप्रतिनिधि र वडावासीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्