देशभर वर्षा हुने



२५ साउन २०७६, काठमाडौं

शनिबार देशभर वर्षा सक्रिय हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।

देशका अधिकांश स्थानमा शनिबारबाट आंशिकदेखि सामान्य बदली भइ धेरै स्थानमा वर्षा हुने मौसमविद् शान्ति कडेंलले बताइन्।

कडेंलका अनुसार देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना छ। साथै देशको पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शनिबार राति देशको मध्य र पूर्वी पहाडी भूभाग विभिन्न स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको छ भने, आइतबार राति पनि देशका पश्चिमी भू–भागका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको हो।

प्रतिक्रिया दिनुहोस्