इन्धन ट्याङ्कर विस्फोट हुँदा ५७ को मृत्यु



२५ साउन २०७६, काठमाडौं

अफ्रिकी देश तान्जेनियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ५७ जनाको ज्यान गएको छ।

शनिबार इन्धन ट्याङ्कर विस्फोट हुँदा अन्य ६५ जना घाइते भएका छन्। प्रहरीका अनुसार वरपर छरिएको इन्धनलाई यतिबेला संकलन गर्ने प्रयास भइरहेको छ।

यो घटना मोरोगोरो क्षेत्रको डार इस सलाम शहरस्थित बन्दरगाहमा घटेको हो।

प्रतिक्रिया दिनुहोस्