‘जनता लोकतन्त्र र जनवाद चाहन्छन्’



२५ साउन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले जनताले लोकतन्त्र र जनवाद चाहेका बताएका छन्।

शनिबार हर्कबहादुर योङहाङ लिम्बुले लेखेको ’हिलिहाङ इन दि हिस्ट्रि अफ नेपाल’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले विगतको जस्तो सामन्तवादी शासनसत्ता नचाहेको बताए।

उनले अहिले सामन्तवादी युगको कल्पना गर्नु प्रतिगामी हुने बताए।

साथै उनले सामन्तवाद त्यो बेलाको दास युगका लागि अग्रगामी भएपनि पछिल्लो समय विकासको वाधक र अधिकारको वाधक भएकाले आन्दोलनबाट लोकतन्त्र र जनवाद आएको बताए।

प्रतिक्रिया दिनुहोस्