गुल्मीमा जीप दुर्घटना : १ जनाको मृत्यु, ४ जना घाइते



२५ साउन २०७६, काठमाडौँ

शुक्रबार साँझ गौडाकोटमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते भएका छन् ।

गुल्मीको गुल्मी दरबार गाँउपालिकाबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु २ च ५४७५ नम्बरको जीप गुल्मीदरबार गाँउपालिका-३, अन्तर्गत गौडाकोटमा दुर्घटना भएको हो ।

दुुर्घटनामा परि ४८ बर्षीय जीप चालक हरिप्रसाद पाण्डेको उपचारको लागी लौजादा लौजादैँ बाटोमा ज्यान गएको हो ।

अन्य चार घाइतेहरुको भने पाल्पामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताएका छन् ।

दुर्घटनामा परेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्