बूनपा २ मा भब्य ‘कृष्ण झुला’ हुँदै



२५ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. २ मा रहेको लिटिल मुन इङ्गलिस एकेडेमीको प्राङ्गणमा धार्मिक कार्यक्रम संचालन समितिद्वारा आयोजित ‘कृष्ण झुला’ हुने भएको छ ।

बूनपा २ का वडाध्यक्ष राजेन्द्र खड्काले आज आयोजना हुने ‘कृष्ण झुला’मा सहभागीताको लागि वडावासी, नगरवासी तथा धार्मिक आस्थामा विश्वास राख्ने सबै भक्तजनहरुलाई अनुरोध गरेका छन् ।

बिहान १० बजेदेखि ४ बजेसम्म हुने कार्यक्रममा बैदिक सनातन धर्ममा विश्वास राख्ने अझ विशेष गरी भगवान कृष्णको महिमामा विश्वास गर्ने सबै भक्तजनहरुलाई उपस्थितिको लागि अयोजक समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्