
२४ साउन २०७६, काठमाडौं
अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा भएको बृहत जनचेतनामूलक सरसफाई कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा सम्पन्न भएको छ ।

बूनपा १२, युवा एकिकरण क्लब बूनपा १२ र राष्ट्रिय युवा परिषद् नेपालको आयोजना तथा वडा भित्रका संचालित विद्यालय, विभिन्न टोलसुधार समितिको विशेष सहयोगमा भएको सरसफाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
बूनपा १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले बृहत सरसफाई अभियान अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरुलाई विशेष मध्यनजर गर्दै गरिएको जनाए । वडाध्यक्ष भट्टराईले आफ्नो टोल आफै बनाउ भन्ने उदेश्यका साथ जनचेतनामूलक सरसफाई कार्यक्रम गरिएको बताए ।
शुक्रबार विहान घटराज चोकबाट शुरु भएको सरसफाई अभियान नवदुर्गा मन्दिर, फैका चोक, हुँदै पुनः घटराज चोकमा आएर सम्पन्न भएको थियो ।





