सत्ता गुमाउनु पर्दा काँग्रेसलाई छटपटी भएको छ : डा. भट्टराई



२४ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा आयोजित जनप्रतिनिधि, पार्टी कार्यकर्ता र डा. राजन भट्टराईबीचको छलफलमा सरकारले राम्रो काम गर्दागर्दै साना मुद्दाहरु उठाएर काँग्रेसले सत्ता गुमाउँदाको छटपटी प्रदर्शन गरेको बताएका छन् ।

वर्तमान सरकारले काम थालनी गर्दा संघीयता कागजमा मात्रै सिमित थियो । कर्मचारी र कार्यालय व्यवस्थापन गर्ने अवस्था थिएन । यही बिचमा संविधानले तोकेका तीन सय भन्दा बढी कानून निर्माण तथा संशोधन गरिएको छ । राज्यको खास निकायमा सरकारलाई असहयोग गर्ने कर्मचारीको बाहुल्यता छ । यसको बाबजुत इतिहासमै सबैभन्दा धेरै पर्यटक र आर्थिक बृद्धि नेकपाकै सरकारले गरेको छ ।

राज्यसत्ता संचालनमा भएका कमी कमजोरी सुधार्दै यही व्यवस्था र सरकारलाई सफल बनाउनुको बिकल्प नभएको बताउँदै स्थानीय, प्रदेश र संघीय सरकारले जनताको भावना अनुसारनै काम गर्नुपर्ने बताए ।

छलफलमा बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले डा. राजन भट्टराईको पहलमा प्रदेश र संघीय सरकारबाट भएका कार्यक्रम र स्थानीय बजेटबाट सम्पन्न कार्यक्रमको जानकारी गराएका थिए ।

छलफलमा सुरेन्द्र गौतम, डेण्डी शेर्पा, अंगुर पौडेल, हरिभक्त गिरी, विष्णु पौडेल, शिव भट्टराई, अनिल अधिकारी र हरिराम ढुङ्गानाले स्थानीयदेखि प्रदेश र संघीय सरकारबाट भए गरेका कामहरुको बारेमा आलोचनात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य सुन्दर पुर्कुटी, नेकपा नेताहरु कुसुम कुमार कार्की, रबिन अधिकारी, वडा सदस्यहरु र अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्