प्रहरीले छोरीमाथि जवरजस्ति यौन सम्पर्क गर्दै गर्दा बाबुले देखेपछि…



२४ साउन २०७६, काठमाडौँ

१८ बर्षीय एक किशोरी माथि जवरजस्ति यौन सम्पर्क गर्न खोजेको आरोपमा सप्तरी घर भएका एक प्रहरी जवान पक्राउ परेका छन् ।

१८ वर्षीय एक किशोरी छोरी घाँस काट्न जंगलमा पुगेको मौका छोप्दै  प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव किशोरी सँग यौन सम्पर्क गर्न खोज्दै थिए तर उनलाई थाहा थिएन किशोरीको बाबु त्यतै थिए भन्ने ।

प्रहरी यादवले करणी गरिरहेका बेला किशोरीका बुवाले देखेपछि घटना बाहिर आएको हो । प्रहरीले नै जंगलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए । प्रहरी जवान यादवले यस अघि जङ्गलमै घाँस काट्न गएको समयमा श्रावण दुई गते पनि किशोरीलाई आश्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ ।

पीडितले किटानी जाहेरी दिएपछि यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले ‘घटनाको प्रकृति हेर्दा सहमतिमा यौन सम्पर्क भएको र किशोरीका बुबाले देखेपछि आवाज उठाएको जस्तो देखिन्छ तर सहमति भएपनि प्रहरी भएकाले त्यसो गर्नु हुन्नथ्यो । ’’

प्रतिक्रिया दिनुहोस्