वर्षाका कारण २० को मृत्यु



२४ साउन २०७५, काठमाडौं

भारतको दक्षिणी राज्य केरालामा गत २४ घण्टादेखि आएको बाढीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ।

बाढीको कारण २२ हजारभन्दा बढी विस्थापित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रत्यक्षदर्शीका अनुसार केरलाको प्रायः भागमा लगातारको भारी वर्षापछि बाढीको प्रकोप निम्तिएको हो।

बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिविरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन्।

ती शिविरहरुमा ५ हजार ९३६ परिवारका २२ हजार १६५ शरण लिई बसेका जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्