
२४ साउन २०७६, काठमाडौँ
समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि आक्रोश पोखेका छन् ।
शुक्रबार नयाँ पत्रिकाले ‘सरकारी उद्योगमा धमाधम प्रहरी व्यारेक’ शिर्षकमा प्रकाशित समचारको विषयलाई लिएर भट्टराई आक्रोशित बनेका हुन् ।
उनले ट्वीट गर्दै कलकारखाना बन्द गरेर अर्बौंका सम्पत्ति र अमूल्य पूर्वधारको दुरुपयोग हुनुभन्दा बढी लज्जास्पद के हुन सक्छ ? भन्दै प्रश्न गरेका छन् । उनले आफुलाई कम्युनिस्ट भन्ने पार्टीको नेतृत्वमा यस्तो काम हुनु अझ लज्जाको विषय भएको टिप्पणी गरेका छन् ।
‘आफुलाई‘कम्युनिस्ट’भन्ने पार्टीको नेतृत्वमा सरकार भएको देशमा कलकारखानाहरू बन्द गरेर अर्बौंको सम्पत्ति र अमूल्य पूर्वाधारको यस्तो दुरूपयोग हुनुभन्दा बढी लज्जास्पद कुरा के हुनसक्छ र ? समृद्धिका ठूला गफ छाँट्नुसट्टा यी रूग्ण उद्योगलाई जुनसुकै मोडेलमा भए पनि सन्चालन गर्नेतिर ध्यानदिऊँ न ’





