एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा १३ औं दक्षिण एशियाली खेलकूद तयारी समितीको बैठक सम्पन्न



२४ साउन २०७६, काठमाडौं

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष/दक्षिण एशियाली ओलम्पिक परिषदका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठको अध्यक्षतामा १३ औं दक्षिण एशियाली खेलकूद तयारी समितीको बैठक सम्पन्न भएको छ ।

बैठकले १३ औं दक्षिण एशियाली खेलकूदका लागि भदौ ७ गते सम्म टेक्निकल ह्याण्डबुक तयार पार्ने, असोज १३ गतेसम्म सबै सहभागी देशको खेलहरुको चयन हुने तथा कार्तिक १४ गते सम्म खेलाडीहरुको नाम दर्ता गर्ने निर्णय गरेको छ ।

बैठकमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, सदस्य सचिव रमेश कुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, कार्यकारिणी सदस्य तेज गुरुङ्ग, अशोक बज्राचार्य, निलेन्द्र राज श्रेष्ठ, १३ औं साग सचिवालयका कमल खनाल, राखेप विभागीय प्रमुख कुल बहादुर थापा, अर्जुन विक, ऋषि पोखरेल तथा नेओका कार्यकारीणी सचिव सुजन लाल श्रेष्ठको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्