रुविशा र एलिशालाई दियो गिनिजले सर्टिफिकेट



२४ साउन २०७६, काठमाडौं

४१ घण्टा ५ मिनेट निरन्तर युगल नृत्य गरेर नेपालका रुविशा र एलिशा श्रेष्ठले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्।

गिनिज बुक अफ वर्ल्ड रकेर्डले बुधबार आफ्नो आधिकारिक मेलमार्फत लगातार ४१ घण्टा ५ मिनेट गरेको नृत्यको प्रमाणपत्र पठाएसँगैं उनीहरु विश्वकै लामो समय नृत्यु गर्ने युगल जोडी बनेका छन्।

काठमाडौं चन्द्रागिरी नगरपालिकाका उनीहरुले गत ११ जेष्ठमा गिनिज इभेन्ट्स नेपालको आयोजनामा स्वायम्भूको क्वालिटी क्याफेमा लगातार ४१ घण्टा ५ मिनेट नृत्य गरेका थिए।

“यस खालको कार्यले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण विश्वमा सकारात्मक पर्नेछ। त्यस्तै आम युवायुवतीमा पनि केही गर्न र अघि बढ्न सकिन्छ भन्ने भन्ने उदाहरण पनि बन्दछ। आगामी दिनमा हाम्रो गिनिज इभेन्ट्स नेपालले यस्तै कार्यहरुबाट नेपाललाई ठूलो योगदान पनि पुर्याउने छ भन्ने कुरामा विश्वस्त छौं।” गिनिज इभेन्ट्स नेपालका अध्यक्ष तथा मोटिभेशनल स्पिकर सन्तोष लामाले भने।

‘डान्स गर्दा एकदमै गार्हो भएको थियो। अनके दुःख गरेर नाँच्न त नाँचियो, त्यसपछि पनि झिनो डर भने बाँकी नै थियो। प्रमाणपत्र आउँछ कि आउँदैन भनेर। तर हाम्रो मेहनतको फल हामीले पाएका छौं। हामी खुसी छौं। मेहनतको फल साँच्चिकै मिठो हुँदो रहेछ।’ एलिशाले भनिन्।

यसअघि सो विधामा अमेरिकाका ग्रेट र जेनिफरले ३८ घण्टा ३० मिनेट युगल नृत्य गरेर रेकर्ड राखेका थिए।

सम्बन्धित समाचारः

दुई दिदी–बहिनी ‘रुविशा’ र ‘एलिशा’ ४० घण्टा लामो युगल नृत्य गरेर ‘विश्व रेकर्ड’मा नेपाललाई ह्याट्रिक दिलाउँने साहसमा जुट्दै ! (भिडियो सहित)

 

‘विश्व रेकर्ड’को क्षेत्रमा नेपालको ह्याट्रिक, दुई दिदी–बहिनी एलिशा र रुविशाद्वारा ४० घण्टे नृत्य गरिदैं !(प्रेस विज्ञप्तीसहित)

 

विश्व रेकर्डका लागि रुविशा र एलिशाको ४० घण्टे नृत्य आगामी ११ जेष्ठबाट(विज्ञप्ती सहित)

प्रतिक्रिया दिनुहोस्