बूनपा १० मा सार्वजनिक यातायातको समस्या र समाधान सम्बन्धि अन्तरक्रिया सम्पन्न



२४ साउन २०७६, काठमाडौं

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गगत बूढानीलकण्ठ नगरपालिका वडा नं. १० र महानगरीय प्रहरी प्रभाग कपनको संयुक्त आयोजनामा सार्वजनिक यातायातको समस्या र समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम वडा कार्यालयको सभा हलमा सम्पन्न भएको छ ।

बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि महानगरीय ट्राफिक महाशाखाका प्रहरी नायव उपरीक्षक प्रभु ढकाल, कपनमा संचालीत सार्वजनिक यातायात व्यवसायीहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, बुद्धिजिविहरु, स्थानीय संचारकर्मीहरु, स्थानीय भद्रभलादमी गरी उल्लेख्य उपस्थिति रहेको थियो ।

समुदाय–प्रहरी साझेदारी वडा समितका संयोजक तथा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

साथै वडाध्यक्ष भट्टराईले वडावासीमा शान्ति, सुरक्षाको प्रत्याभूति दिन बूनपा १० को विभिन्न स्थानमा राखिएका १६ वटा सिसिटीभीको मोनिटररिङ्ग प्रहरी कार्यालयबाटै हुनेगरी महानगरीय प्रहरी प्रभाग कपनलाई हस्तान्तरण गरिएको समेत जानकारी गराए । बूनपा उपप्रमुख राईले उक्त सिसिटीभीको उद्घाटन गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्