छोरीको जस्तै रुप धारण गरेर कैदी जेलबाट भाग्न खोजेपछि…



२४ साउन २०७६, काठमाडौं

लागुऔषध कारोबारीमा पक्राउ परेका ४२ वर्षे एक पुरुष १९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका छन् ।

रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका कैदीको भिडियो सार्वजनिक गरेको छ ।

उक्त भिडियोमा ती कैदीले आफूले छोरीजस्तो देखिन जे जति सामग्रीको प्रयोग गरेका थिए, ती सबै एकएक गर्दै निकालिरहेको देख्न सकिन्छ ।
अधिकारिका अनुसार बुवालाई जेलबाट भगाउन सहयोग गर्ने छोरीलाई पनि पक्राउ गर्ने सम्भावना छ ।

जेल अधिकारीका अनुसार १९ वर्षे छोरी आफ्नो बुवा क्लाउभिनो दा सिल्भालाई भेट्न रियो दे जेनेइरोस्थित बांगु थ्री नामको जेलमा आएकी थिइन् । सिल्भा ७३ वर्ष १० महिनाको जेल सजाय काटिरहेका थिए ।

तर छोरीको रुप धारण गरेर भाग्ने सिल्भाको योजना बीचमै तुहियो । उनको असामान्य रुपलाई गार्डले चिनिहाले । त्यसपछि उनलाई क्यामराको अगाडि पोज दिन लगाइयो र पुनः जेलमा हालियो ।

प्रतिक्रिया दिनुहोस्