
२४ साउन २०७६, काठमाडौं
धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा बस खस्दा मृत्यु हुने तीन जनाको सनाखत भएको छ।
सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियारको मृत्यु भएको हो।
दुर्घटनामा चार जनाको मत्यु भएकोमा एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। १६ को भने जीवितै उद्धार गरिएको छ। ना६ख ७४६९ सृष्टि डिलक्स शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ।
मलङ्गवा–९ स्थित रहेको सृष्टी बस काउण्टरमा अहिले बसमा सवार यात्रीको आफन्तहरुको भीड लागेको छ।





