जनतासँग गरिएको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर यस्तो गरियो



२३ साउन २०७६, काठमाडौँ

निर्वाचनको समयमा जनतासँग भोट माग्न नेताहरुले अनेक बाचाहरु गर्ने गर्छन । यस्तै, एक मेयरले चुनावका बेला नगरवासीसँग बोलेका कुरा पुर्याउन नसक्दा आफैंलाई कारवाही गरेका छन् ।

उनले महिलाको कपडा लगाएर सहरका सडकहरुमा घुमेका छन् । यसरी आफैंलाई सजाय दिने मेयर हुन्, जेवियर सजमेनेज । मेक्सिकोमा उनको एउटा भिडियो पनि सार्वजनिक भएको छ ।

जसमा उनले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएका छन् । सो भिडियोमा उनीसँगै एक अधिकारी पनि देखिएका छन् । उक्त अधिकारीले पनि महिलाको लुगा लगाएका छन् ।

मेयरले करिब १.८ करोड रुपैयाँ सरकारी सम्पत्ति आफ्ना मान्छेलाई बाडेको आरोप सहरवासीले लगाएका थिए । यति मात्र नभएर मेयरले चुनावमा भनेका कुराहरु पनि पुरा नगरेको समेत आरोप लगाएका थिए । आफूविरुद्ध नगरवासीले गरेको यस्तो खालको आरोप देखेर उनले आफूलाई कारवाही गर्दै यो कदम उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्