बूनपा १० को अन्तरक्रियामा डा. भट्टराईको योगदानबारे चर्चा



२३ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नंं. १० द्वारा आयोजित डा. राजन भट्टराई, जनप्रतिनिधि र पार्टी कार्यकताबिचको अन्तरक्रियामा अधिकांश जनप्रतिनिधिले डा. भट्टराईले स्थानीय विकासमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।

बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले डा. राजन भट्टराईको पहलमा दुई अर्ब ५५ करोडको मेलम्ची खानेपानी बिस्तार परियोजना, कपन बहुमुखी क्याम्पस भवन निर्माणको लागि ५ करोड, साततले आनीगुम्बा सडक निर्माण १२ करोड, आदर्शनगर चोकदेखि पायोनियरसम्म सडक विस्तारको लागि टेण्डर आव्हान, मिलनचोक आकाशेधारा सडक निर्माणमा टेण्डर आव्हान गराउन सफल भई समृद्ध बूढानीलकण्ठ १० बनाउन पुर्याएको योगदान प्रति वडावासीको तर्फबाट आभार ब्यक्त गरे ।

अन्तरक्रियामा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले सरकारले गरेका कामप्रति ब्यक्तिगत रुपमा आफूलाई समेत चित्त नबुझी निरन्तर सुधारको क्रममा रहेको बताउँदै समृद्ध नेपाल बनाउने जिम्मेवारी नेकपाको सरकारले नै पुरा गर्ने उद्घोष गरे ।

 

पार्टी एकता नटुङ्गिदा चिया पसल र चोकमा आफ्नै सरकारको आलोचना गर्ने प्रबृत्ति बढेको बताउँदै पार्टी एकतापछि ७० प्रतिशत समस्या आफैं समाधान हुने बताए ।

नगर बिकासको लागि राष्ट्रिय योजना पारी सहयोग गरेकोमा डा. भट्टराईलाई नगरवासीको तर्फबाट नगरप्रमुख खरेलले धन्यवाद दिएका थिए ।

कार्यकर्ताको प्रश्नको जवाफमा डा. भट्टराईले संघीय सरकारले गरेका कामहरुको चर्चा गर्दै सरकार सही दिशातर्फ अघि बढिरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्यहरु मिठाराम अधिकारी, बिदुर बिक्रम खड्का, धुर्वराज न्यौपाने, कुसुमकुमार कार्की, डम्बर अधिकारी लगायत बूनपा उपप्रमुख रमादेवी राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्