
२३ साउन २०७६, काठमाडौँ
पाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले नेपाली काँगे्रस सधैँ धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।
महामन्त्री कोईरालाले कांग्रेस धार्मिक स्वतन्त्रताका पक्षमा दृढ रहेको उल्लेख गर्दै उनले सबैलाई धार्मिक स्वतन्त्रताका पक्षमा रहन आग्रह गरेका थिए । उक्त कुरा उनले तनहुँमा आयोजित एक कार्याक्रममा बताएका हुन् ।
कार्यक्रममा उनले पार्टी्भित्र गुटउपगुट रहेकाले त्यसलाई अन्त्य गर्न सकेमा अन्य कुनै पनि पार्टीले हराउन नसक्ने बताएका थिए । कांग्रेसका कायकर्ताले सोधेको प्रश्नको उत्तर दिदै उनले हरेक समस्याको समाधान गर्ने प्रयासमा रहेको बताएका छन् ।
उनि भन्छन् “कांग्रेसको भित्र तिक्तत्ता छ, कांग्रेस एक ठाउँमा उभिदा कसैले हराउन सक्दैन ।”





