
२३ साउन २०७६, काठमाडौं
मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्त माथि एक पत्रिकाले झुठो आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरेको छ ।
जनकपुरबाट प्रकाशित हुने ‘जनकपुर टुडे’ नामक एक पत्रिकाले २०७६ साउन २१ गते ‘मधेशी आयोग जन्मदै भ्रष्टाचार’ भन्ने भ्रामक शिर्षक राखेर आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले गोष्ठी र अनुशिक्षणको नाममा ३ करोड स्वाहा गरेको झुठो आरोप लगाएको छ ।

योगले श्रावण २० गते पत्रकार सम्मेलन गरि आफ्नो गत आर्थिक वर्षको सम्पूर्ण खर्चहरु कुन ठाउँमा कति भएको थियो भन्ने सार्वजनिक गरेर आफ्नो खर्चहरु पारदर्शी गरेको थियो । आयोगले प्रदेश–१,२,३,५ र ७ गरि गोष्ठी संचालन तथा अनुशिक्षण कार्यक्रममा जम्मा साढे ३८ लाख खर्च गरेपनि जनकपुर टुडे पत्रिकाले आयोगका अध्यक्ष माथि बिना प्रमाण झुठो आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरेको छ ।

कानुनमा कसैको प्रमाण बिना चरित्र हत्या गर्नु दण्डनीय अपराध मानिन्छ । झुठो आरोप लगाएपछि त्यो समाचार लेख्ने पत्रकारको दक्षता, क्षमता र ज्ञानमाथि प्रश्न उठेको छ र पत्रिकाको समेत बिरोध हुन थालेको छ ।





