‘ललिता निवास प्रकरण ओझेलमा पर्दैन’



२२ साउन २०७६, काठमाडौं

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले ललिता निवासको जग्गा प्रकरणलाई सरकारी पक्षबाट ओझेलमा नपार्ने बताएकी छिन्।

रिपोर्टस् क्लबमा आयोजित साक्षात्कारमा मन्त्री अर्यालले तीनओटा निकायबाट छानबिन र अनुसन्धानको काम भइरहेको जानकारी गराउँदै सरकारी पक्षबाट प्रकरण ओझेलमा नपर्ने बताएकी हुन्।

अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सीआईबी तीनओटै निकायले आ–आफ्नो ढंगले काम गरिरहेको उनको भनाइ छ। ‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ,’ उनले अघि भनिन्।

साथै उनले यो प्रकरणमा कारबाहीको लागि केही ढिलाइ भए पनि दोषीहरु नउम्किने दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्