बूनपा १२ मा उद्घोषण कला तालिम शुरु



२२ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा -१२ मा उद्घोषण कला तालिम शुरु भएको छ।

बूढानीलकण्ठ नगरपालिका प्राविधिक शिक्षा , सीप विकास तथा तालिम ब्यवस्थापन समितीकि संयोजक सुमित्रा पान्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राई रहेकी थिइन ।

बूढानीलकण्ठ नगरपालिका वडा -१२ का अध्यक्ष शम्भु भट्टराई विशेष अतिथि रहेको कार्यक्रममा नगर कार्यपालिका सदस्य शान्ता ढकाल , वडा -१२ का सदस्य पुरुषोत्तम नेपाल , महिला संजाल बुढानिलकण्ठ १२ कि अध्यक्ष सावित्रा भट्टराई लगायत अतिथि रहेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमा राईले नगरपालिकाको आयोजना भएको यस कार्यक्रमले सामाजिक र सार्वजनिक जीवनमा महत्वपुर्ण भुमिका खेल्ने भएकोले तालिममा सकृयता पुर्वक सहभागी बन्न आग्रह गरेकी थिइन ।

वर्तमान समय बोल्ने कलालाई ब्यवसायिक रूपमा प्रयोग गर्न सकिने बताउदै त्यसमा नगरपालिकाले हरेक किसिमको सहयोग रहने प्रतिवद्त्ता व्यक्त गरेकी थिइन ।

त्यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष शम्भु भट्टराईले वडाले सहभागीहरुको क्षेमता बिकास गर्ने काममा कुनै दल , समुह वा क्षेत्र नहेर्ने बताउदै आगामी दिनमा वडावासिको माग अनुसार कार्यक्रम ल्याउने जानकारी दिएका थिए।

कार्यक्रम संचालन ,भाषण कला र जनसम्पर्क विकास जस्ता विषयमा शैदान्तिक तथा प्रयोगात्मक कक्षा हुने सो तालिम १० दिन सम्म चल्नेछ।

बूढानीलकण्ठ नगरपालिकाका १३ वटै वडामा संचालन हुने उक्त तालिम अहिले सम्म सम्म वडा १, २,३,४,५,६,७,८,९,१०र ११ मा सम्पन्न भएको र बाँकि वडामा पनि हुने तालिम समितिकि संयोजक सुमित्रा पान्डेले बताइन्

कार्यक्रम संचालन ,भाषण कला र जनसम्पर्क विकास जस्ता विषयमा शैदान्तिक तथा प्रयोगात्मक कक्षा हुने सो तालिम १० दिनसम्म चल्नेछ।

समितीका सदस्य प्रशान्त डङोल ले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन नवीन श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्