मधेशी आयोगबारे भ्रामक समाचार सम्प्रेषण



२२ साउन २०७६, काठमाडौं

मधेशी आयोगले आफ्नो आर्थिक बर्ष २०७५÷७६ मा गरेका र बिभिन्न शिर्षकमा गरेका खर्च रकमको केही मिडियाहरुले कुनै पुरै जानकारी नलिई जनमानसमा भ्रम छर्ने समाचार सम्प्रेषण गरेको छ ।

आयोगले पत्रकार सम्मेलन मार्फत चालु आर्थिक बर्षमा गोष्ठी संचालन र अनुशिक्षण कार्यक्रम गर्न साढे ३८ लाख खर्च गरेको भएपनि केही मिडियाहरुले ‘मधेशी आयोगद्वारा गोष्ठी र अनुशिक्षणमा ३ करोड खर्च’ शिर्षकमा गलत समाचार छापेको छ ।

गलत समाचारले नागरिकमा भ्रम सिर्जना गरेको हुनाले सो गलत समाचार प्रति मधेशी आयोगको ध्यानाकर्षण भई संचार माध्यमहरुलाई समाचार सच्याउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्