आगोमा जलेर दुवै हात गुमाएका ५ महिने शिशुलाई २ लाख ८५ हजार सहयोग



२१ साउन २०७६, काठमाडौं

खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला लङ्खाका अगेनामा परी दुवै हात गुमाएका ५ महिने शिशुलाई आर्थिक सहयोग प्राप्त भएको छ।

अगेनामा परी दुवै  हातखुट्टा र निधारसमेत जलेर सख्त घाइते शिशुका लागि यूकेस्थित इशा गुरुङको अभियानमा २ लाख ८५ हजार सहयोग प्राप्त भएको हो।

गत १० साउनमा दाईदिदीको साथमा छोडेर आमाबाबु बाहिर गएका समयमा अगेनामा परी उनको दुवै हात जलेर काट्नै परेको थियो।

हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचाररत ५ महिने शिशुका लागि यूकेस्थित इशा गुरुङसँगैं नेपालबाट समाजसेवीद्वय माओदीप राई र सजीना राईको पहलमा सो रकम संकलन भएको हो।

घाइते शिशुको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि यूकेस्थित इशा गुरुङ र नेपालमा माओदीप राई र  सजीना राईको पहलमा संकलित रकम आइतबार शिशुका आमालाई हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्