‘ओली हिटलरको बाटोमा’



२१ साउन २०७६, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुचित विधेयक ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ओली सत्ता कब्जा गरेर हिटलर बन्न खोजेको आरो लगाएका हुन्।

‘हिटलरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेका थिए। संसदमा अनेकथरी विधेयक पास गर्न खोजेर ओली पनि त्यहीँ बाटोमा छन्।’ उनले भने।

सभापति देउवाले संसदमा प्रस्तुत हुने गलत विधेयकविरुद्ध संसदमै कडा प्रतिवाद गर्ने बताए। मिडिया विधेयक, गुठी विधेयक, मानवअधिकार आयोगसम्बन्धी विधेयकको संसदबाट विरोध गरेको उनले स्मरणसमेत गराए।

उनले शान्तिपूर्ण विरोध जहाँ पनि गर्न पाउने भन्दै आफूहरुले पनि शान्तिपूर्ण विरोध संसदमै गर्ने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्