
२१ साउन २०७६, काठमाडौँ
राजविराज नगरपालिका १० माइती २७ बर्षिया कंचन कुमारी यादवको रहस्यमय मृत्यु भएको छ । सोमबार बिहान उनि आफ्नो घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
दुई बर्षअघि विवाह गरेकी उनको सुरुका केही दिन त राम्रोसंग बितेका थिए तर केही समय यता श्रीमानको अर्कै केटीसँग सम्बन्ध भएको थाहा पाएपछि उनिहरुको सम्बन्धमा चिसो पसेको छिमेकीले बताएका छन् ।
उनका श्रीमान अरविन्दको विवाहत्तर सम्बन्ध रहेको र सो सम्बन्धका बारेमा कंचनले थाहा पाएपछि उनले हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । केही दिन यता श्रीमानको अर्कै केटीसँग लसपस भएको कंचनले थाहा पाएपछि उनिहरुको सम्बन्धमा खटपट आएको थियो ।
यही कुराले कंचनलाई श्रीमान पक्षले कुट पिट गरि हत्या भएको देखाउन झुण्ड्एको माइती पक्षले दाबी गरेका छन् । घटना बारे सत्यतथ्य बुझि चाँडोभन्दा चाडो छानबिन गरि दोषिमाथि चाडो छानबिन गरि दाषिमाथि कडा कारवाही गर्न माइती पक्षको माग छ ।





