
२१ साउन २०७६, काठमाडौं
आइतबार मध्यान्न १२ बजेर ४५ मिनेटमा आफ्नो फेसबुकमा ‘सबैले बिर्सिदिए हुन्छ मलाई यो जिन्दगीमा अर्को जुनीमा भेटौंला’ भन्ने लेख्दै यो संसार बाट टाढिए एक युवक । उनी १३ वर्षको हुँदा धादिङमा बस दुर्घटनामा एउटा खुट्टा गुमाएका युवक धेरैको लागि प्रेरणाका स्रोत थिए । दुर्घटना पछाडि साइकललाई आफ्नो अर्को खुट्टा बनाएका युवकको साइकल कुदाउने अदभुत प्रतिभाको सबैले मुक्तकण्ठले प्रसंसा गर्थे । यसरी साइकल चलाउँदा कसैले भएको अर्को खुट्टा पनि भाँचिएला भनेर भन्ने गरेको उनी सुनाउँथे । साधारण र चनचले स्वभावका युवक लामाको देहवसाहनले धेरैलाई मर्माहित र स्तव्ध बनाएको छ ।
प्यारा ओलम्पिकमा भाग लिएर देशको नाम उच्च बनाउने उनको सपना सपनामै सिमित भयो । सानै उमेरमा जिन्दगीको धेरै उत्तरचढाव भोगेका थिए उनले । बच्चा बेलामा आफ्नो आमा गुमाए, त्यसपछि एउटा खुट्टा तर पनि उनको जोस जांगर र अत्मबल सम्झन लायक थियो । आफूलाई मानिसहरुको कथा मनपर्ने र त्यहि रहरले भविष्यमा पत्रकार बन्ने सपना राखेका थिए युवकले । साइकल ग्रुपमा उनी नीकै चर्चित थिए र हरेक राइडमा सहभागी हुन्थे। साइकलकै माध्यमबाट देशका विभिन्न ठाँउ पुगेका युवक धेरै युवालाई जिन्दगीमा अघि बढ्न प्रेरणा दिन्थे। आइतबार हात्तिवनको उनको कोठामा उनी झुण्डिएको अवस्थामा फेला परेका छन् ।





