जनशक्ति अभावले बजेट हुँदा पनि काम  गर्न सकिएन : वडाध्यक्ष राजु अधिकारी



२० साउन २०७६, काठमाडौं

बजेट हुँदा हुदै पनि काम गर्ने जनशक्ति र सामानका अभाबले बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ र १२ का स्थानीयहरु सडकमा विभिन्न समस्या झेल्न बाध्य भएको बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले बताएका छन् ।

बूनपा १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले समस्या समाधान गर्न पहिला देखि बग्दै आएको खहरेलाई सडक तथा ढल नभई खहरे नै बनाउँदा समस्या समाधान हुने बताए ।

अध्यक्ष भट्टराईका अनुसार हाल ढल रहेको गुरुङटोलदेखि आनीगुम्बा गेट सम्म र शिव  मन्दिर देखि आनीगुम्बा गेट सम्मको ढल तथा रोडलाई खहरे नै छोडेर वारीपारि शेर वाल लगाउने र माथि ढलान गरेमा यो समस्या दीर्घकालिन रुपमा समाधान हुन्छ भन्दै स्थानीय सरकार त्यसै अनुरुप अगाडि बढ्ने बताए ।

बूनपा ११ कै वडा सदस्य विनोद तमाङले सो खहरे पहिला कसरी बगेको थियो त्यसैगरि छोड्दा समस्या समाधान हुनेमा जोड दिएका थिए ।

स्थानीय रेणुका पराजुलीले जहाँ समस्या भयो त्यहाँ मात्र नभएर साततले देखि आनीगुम्बा सम्म नै सबै खोला छोडेर साईडवाल लगाए मात्रै समस्या सुल्झीने बताईन् ।

स्थानीय व्यवसायी रामचन्द्र श्रेष्ठले विद्यालय तथा कलेज पढ्ने विद्यार्थीहरुको लागि धेरै समस्या रहेको बताउदै आफ्नो व्यवसायमा समेत असर गरेकोले वडा कार्यालयले दीर्घकालिन रुपमा काम गर्नु पर्ने बताए ।

स्थानीयहरुले समस्या समाधानका लागि ग्रावेल गरेर मात्र नहुने भन्दै पानी काट्नु पर्ने मुख्य काम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्