
२० साउन २०७६, काडमाडौं
डोटीको केआई सिंह गाउँपालिका–६ एकै परिवारका ७ सन्तान सबैजना सुरक्षाकर्मी रहेका छन । ‘सुरक्षा सेवामा लागेर देशका लागि काम गर्नुपर्छ भन्ने आत्मबलका कारण परिवारका सबै सदस्य सुरक्षा फौजमा लागेको उनीहरुको बुबाले बताएका छन ।
नेपाली सेनामा कार्यरत मध्ये दुई जनाले अवकाश पाइसकेका छन । जेठा टिकाराम र माइला धर्मराज ०५४ सालमा नेपाली सेनाको सैनिक पदमा भर्ना भएका थिए । टिकारामले ०७१ र धर्मराजले ०७० सालमा अवकाश लिए । साइला छोरा सहदेव भने सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा बरिष्ठ हवल्दार पदमा कार्यरत छन् ।
‘अहिले ५ जना कार्यरत रहेको उनको भनाई छ । ०५९ सालमा सशस्त्र प्रहरीमा छिरेका सहदेव ग्रामिण बस्तीमा हुर्किएर सुरक्षा क्षेत्रमा सबैको सहभागीता सकरात्मक रहेको बताउँछन ।
सहदेव पछिका छविलाल ०६१ सालमा नेपाली सेनामा भर्ती भएका हुन । उनका भाई भोजराज ०६८ सालमा भर्ती भए । दाजुभाईको सुरक्षा क्षेत्रको काम देखेर परिवारकी एक्ली बहिनीलाई पनि सेनाको जागिरले आकर्षित गर्यो । ‘हामीलाई देखेपछि बहिनीले पनि यहि जागिरमा जाने सोच बनाइछन’, सहदेवले भने ‘उनी पनि नेपाली सेनामा जवान पदमा छिन् । जनताको सुरक्षामा खटिएको देख्दा उनीहरुका बुबाआमा औधी खुसी भएका छन ।





