
२० साउन २०७६, काठमाडौँ
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत चन्दनकुमार अमात्य उद्योग दर्ता गर्न आईईई प्रतिवेदन स्वीकृत गर्ने नाममा सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घुससहित आइतवार रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । निजमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।





