सहयोगको अपिल गर्दै सिंहदरबार पुगे नगरप्रमुख इवन राई



२० साउन २०७६, काठमाडौं

खडेरी तथा वर्षाको चपेटामा परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न मन्त्रालय पुगेर खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापन लगायतको माग गर्दै नगरप्रमुख इवनराई संहदरबार पुगेका छन् ।

किसानले लगाएका बाली हिउँदमा खडेरीले नस्ट गरेको र बर्षायाममा आएको अविरल वर्षाका कारण नगरपालिका भित्रका ११ वटै वडा जोड्ने सडक अवरुद्ध भएको, ढुवानी गर्ने वैकल्पिक बाटो नहुँदा खाद्यान्न संकट सुरु भएको र विभिन्न ठाउँमा खानेपानीको मुहान बगाएकाले संकटको अवस्था सिर्जना भएको भन्दै मेयर राई सिंहदरबार पुगेका हुन ।

नगरप्रमुख राईले नगरवासीहरुको समस्या समधान गर्नका लागि आव्हान गरेको बताए । खाद्यान्न तथा राहतका लागि नगरप्रमुख राईसहित युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, नेकपा हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष सुरेन्द्र राई लगायतको टोली विभिन्न मन्त्रालय पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्