नवनियुक्त पर्यटनमन्त्री भट्टराईले भेटेर बधाइ नलिने



२० साउन २०७६, काठमाडौँ

नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले सोमबारबाट भेटेर शुभकामना नलिने भएका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयको कामकाजमा असर पर्ने भन्दै मन्त्री भट्टराईले भेटेर शुभकामना नलिने बताएका हुन्।

मन्त्री भट्टराईले आफ्ना समर्थक र नागरिकको विश्वास टुट्न नदिने र सल्लाह सुझाव लिएर अघि बढ्ने बताउँदै शुभकामना र बधाइ लिने क्रममा सार्वजनिक भएका केही तस्वीरहरुको बारेमा अन्यथा नबुझ्न आग्रहसमेत गरे।

“यहाँहरुले मप्रति प्रकट गर्नु भएको स्नेह एवं शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने ऊर्जाको रुपमा रहने विश्वास गरेको छु। मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै कार्यव्यस्तताले गर्दा यहाँहरुको अपेक्षा अनुरुप समय उपलब्ध गराउन कठिनाइ भएकोमा आगामी दिनमा यहाँहरुका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहान्छु। साथै मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाइका लागि समय उपलब्ध गराउन कठिनाइ हुने कुरा सविनय अनुरोध गर्दछु।” उनले विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्