
२० साउन २०७६, काठमाडौँ
अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शंकर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् ।
बिर्तामोडस्थित कनकाई अस्पताल पुर्यााइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षक श्रेष्ठले भन्छन् ‘लागूऔषधसहित पक्राउ परेका जगमेर सामान्य बिरामीजस्तो देखिएकाले उपचार गर्न र लागुऔषधको परीक्षण गर्न अस्पताल पुर्याकइएकामा त्यहाँबाटै भागेछ, ‘अहिले उनको खोजीकार्य शुरू गरिएको छ ।’





