
२० साउन २०७६, काठमाडौँ
सोमबार राति २ बजे तिर तमानखोला गाउँपालिका गएको पहिरोलेले लाम्मेल ४ सन्दरका ५ घर पुरिएका छन् । पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, ६ जना घाइते भएका छन् ।
घटनास्थलमा प्रहरी आइसकेको र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिएका छन् ।
पहिरोले पुरिएर ज्यान गुमाएकी चन्द्रकुमारी श्रीपालीको शव बाहिर निकालिएको छ भने अन्य दुईजना असारी श्रीपाली र प्रवीण श्रीपालीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्त्र नेपालले जानकारी दिएका छन् ।
पहिरोमा परेका ६ जनाको उद्धार गरिएको र उनीहरुलाई उपचारको लागि पठाउने तयारी भइरहेको छ ।





