
२० साउन २०७६, काठमाडौं
सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो १ बजेका लागि सारिएको छ।
दलहरुबीच समझदारी नजुटेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।
अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा दलहरुबीच छलफल जारी रहेकोले बैठक सारिएको सूचना संघीय संसद्का महासचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिए।
सभामुख कृष्णबहादुर महराले संसद् गतिरोध अन्त्य गर्ने सम्बन्धमा दलहरुको बैठक बोलाएका छन्।






