गोरखामा छन् यस्ता व्यक्ति जस्ले मासु खाएरै विश्व रेकर्ड राख्न चाहन्छन्



२० साउन २०७६, काठमाडौँ

गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं.२ मा बस्ने सन्तोष अम्गाई (झलक) जस्ले जति मासु दिए पनि खान सक्छन् । उनको यो कार्यले अहिले दुनियाँ चकित बनेको छ ।

उनी पेशाले इलेक्ट्रिसियन हुन् ।  निकै मिलनसार र सहयोगी भावना भएका सन्तोष मासु भनेपछि हुरुक्कै हुन्छन् । थोरै तिनो मासुले उनलाई पुग्दैन ।

६ किलोको खसीको मासु खाएर गाउँलेलाई नै चकित बनाएका सन्तोषले फेरी ९ किलो कुखुराको मासु एक्लै सकेर अर्को चकित बनाएका छन् । उनको इच्छा भनेकै धेरै मासु खाएर विश्व रेकर्ड राख्ने हो । यो रेकर्ड सहजै राख्न सक्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्