सोलुखुम्बुका २ जना झुन्डिएको अवस्थामा काठमाडौंमा फेला



२० साउन २०७६, काठमाडौं

सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएको अवस्थामा फेला परेका छन्।

सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर/चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन्।

निर्मला छोरी पढाउन काठमाडौं बस्दै आएकी र उनका श्रीमान् भने विदेशमा रहेका जानकारी पाइएको छ। त्यस्तै चन्द्र/अमिर भने एक महिना अगाडि काठमाडौं आई फुपूसँग बसेको उनका आफन्तहरुले बताएका छन्।

आइतबार साँझ ७ बजेर ३१ मिनेटको समयमा सामाजिक संजाल फेसबुकमा सोताङकै भिम राई सोलु नेपाल प्रयोगकर्ता भएको फेसबुक आइडीबाट उनीहरुको मुख जोडेको फोटो अपलोड गरिएको थियो।

त्यसैकारण उनीहरुले आत्महत्या गरेका मृतकका आफन्तहरुले बताएका छन्।

तर, भिम राई सोलु नेपालले भने सो फोटो अर्कै फेसबुक प्रयोगकर्ताबाट प्राप्त भएको टिप्पणी बक्समा प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्