ब्वाइफ्रेन्डले मोटी भनेर छोडेपछि सुजनाले ६ महिनामा घरमै घटाइन् ३६ केजी तौल



१९ साउन २०७६, काठमाडौँ

तनहुँ, विमलनगरकी सुजना श्रेष्ठ स्टन्ट राइडर हुन्। सन् २०१५ मा ‘मिस तनहुँ’ बनेकी उनको वजन केही महिना अगाडिसम्म १ सय १ केजी थियो। अहिले आफ्नो वजन घटाएर उनले ६५ केजीमा झारेकी छिन्। उनी बस्ने ठाउँमा जिमको सुविधा छैन। उनले घरमै छ महिनामा ३६ किलो वजन घटाएकी हुन्।

सानोमा म एकदमै दुब्लो थिएँ। कक्षा ११ मा हुँदा सवारी दुर्घटनामा परेँ। बेड रेस्ट गर्नुप¥यो। खानपानमा कन्ट्रोल भएन। घरमै रेस्टुरेन्ट थियो। मीठो–मीठो खानेकुरा पाक्थ्यो। जे पनि खाइदिन्थेँ। रेस्टुरेन्टमा मीठोमसिनो पाक्दा मन थाम्नै सक्दिनथेँ। खाने काम मात्रै भयो, एक्सरसाइज केही भएन। खानपान र अल्छीपनले मोटाउँदै गएँ। सबैले मलाई मोटी भन्न थाले।

पाँच वर्षअघि उनि प्रेम सम्बन्धमा थिइन् ।  त्यो बेला उनको तौल ७५ केजी थियो। ब्वाइफ्रेन्डले उनको अगाडि कहिल्यै मोटी भनेन। तर उनको पछाडि साथीहरूसँग मोटी  भनेर कुरा गर्ने रहेछन्।

एक पटक उसको  ब्वाइफ्रेन्डले उनलाई मोटी भनेर साथीहरूसँग खिल्ली उडाएको थाहा पाईन् । त्यसपछि उनलाई एकदमै नरमाइलो लाग्यो। उसका लागि दुब्लाउने कोसिस नगरेकी होइनन् तर पछि शरीर हेरेर माया लगाउनेका लागि किन दुब्लाउने भन्ने लाग्यो। जस्तो छु, त्यस्तै ठीक छु भन्दै उनले वास्ता गरिनन्। पछि उनिहरुको ब्रेकअप भयो। उनि भन्छिन् म मोटी भएकै कारण हाम्रो ब्रेकअप भएको हो भन्दा नि हुन्छ।

त्यसपछि भने उनले घरमै वजन घटाउने निर्णय गरिन् । उनि भन्छिन्:  “रोडिजको यात्रा सकिनेबित्तिकै वर्कआउट सुरु गर्ने निधो गरेँ।  मेरो एरियामा जिमखाना थिएन। घरमा इन्टरनेट थियो। घरमै एक्सरसाइज गरेर तौल घटाउने योजना बनाएँ।  युट्युबमा धेरै रिसर्च गर्न थालेँ। के खान हुन्छ, के हुँदैनदेखि शरीरको कुन अंगका लागि कस्तो खालको एक्सरसाइज सबै भेला पारेँ।

कोल्ड ड्रिंक्सको सोखिन थिएँ। तर, त्यसमा चिनीको मात्रा एकदमै धेरै हुन्छ भन्ने थाहा पाएपछि कोक खान छाडेँ। प्रशस्त पानी खान थालेँ। भात छाडेर रोटी खान थालेँ। बिहानै ओछ्यान छाडेर डाँडापाखामा दगुर्न थालेँ।

अभ्यास गर्दा चिनी पूरै बन्द गरेँ। चिल्लो, पिरो खानेकुरा खाँदै खाइनँ। चार महिनासम्म हप्ताको एक दिन मात्र भात खाएँ। भोकै चाहिँ बसिनँ। जंक फुड खान छाडेँ। खान मन लागे ‘खानेकुरा खाएर के नै हुन्छ र रु मुखको मीठो त हो’ भनेर चित्त बुझाउँथेँ।”

यसरी उनले घरमै बसेर ६ महिनामा आफ्नो तौल घटाउन सफल भईन् ।

प्रतिक्रिया दिनुहोस्