तीनै तहको उपनिर्वाचन मंसिरमा



१९ साउन २०७६, काठमाडौं

सरकारले तीनै तहको उपनिर्वाचन आगामी १४ मंसिरमा गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउन आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यसको जानकारी दिएका हुन्।

निर्वाचन आयोगले सिफारिस गरेकै मितीमै सरकारले उपनिर्वाचनको मिती तोकेको हो। तीन वटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव दिएको थियो।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्।

प्रतिक्रिया दिनुहोस्